global ime bank Long Banner Ad

गृहपृष्ठ बुटवलमा राष्ट्रिय खुला लनटेनिसको पाँचौँ शृङ्खला सम्पन्न

बुटवलमा राष्ट्रिय खुला लनटेनिसको पाँचौँ शृङ्खला सम्पन्न

बुटवलमा राष्ट्रिय खुला लनटेनिसको पाँचौँ शृङ्खला सम्पन्न

बुटवलमा आयोजित प्रथम मेयर कप तथा पाँचौँ राष्ट्रिय खुला लनटेनिस प्रतियोगिता–२०७९ आज सम्पन्न भएको छ ।

प्रतियोगिताअन्तर्गत खुला पुरुष र महिला एकलतर्फ प्रदीप खड्का र अभिलाषा विष्ट विजयी भएका छन् । आज भएको पुरुषतर्फको फाइनल खेलमा बुटवलका रितिक रानालाई हराउँदै प्रदीपले उपाधि जितेका हुन् ।

यता महिला एकलतर्फको उपाधि विष्ट माहिका रानालाई फाइनलमा सोझो सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएकी हुन् । प्रतियोगिता उपाधि विजेताले रु ६० हजार, कप, मेडल, प्रमाणपत्र तथा उपविजेताले रु ३० हजार, कप, मेडल, प्रमाणपत्र प्राप्त गरेका छन् ।

यसैगरी ३५ वर्ष उमेर समूह पुरुष एकलको उपाधि सन्तोष खत्रीले जित्न सफल भएका छन् । उक्त समूहतर्फको पनि आजै सम्पन्न फाइनल खेलमा खत्रीले सिमान्त गुरुङलाई सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेका हुन् ।

यसैगरी ५५ वर्ष उमेर पुरुष एकलको उपाधि विमल गुरुङले हात पारेका छन् । फाइनलमा कमल थापालाई सोझो सेटमा पराजित गर्दै गुरुङले उपाधि हात पारेका हुन् । प्रतियोगितमा विजयी तथा उपविजेता खेलाडीलाई आज बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डे र श्री २२ नं बाहिनीका उपरथी नवराज गुरुङले पुरस्कार वितरण गरे ।

प्रकाशित समय : १८:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु