global ime bank Long Banner Ad

गृहपृष्ठ ३३ अंकले बढ्यो नेप्से, यी हुन् सर्वाधिक कमाउने कम्पनी

३३ अंकले बढ्यो नेप्से, यी हुन् सर्वाधिक कमाउने कम्पनी

३३ अंकले बढ्यो नेप्से, यी हुन् सर्वाधिक कमाउने कम्पनी

बुधबार सेयर बजार मापक ३३.५७ अंकले बढेको छ । आज नेप्से बढेर २०८०.३८ विन्दुमा पुगेको हाे ।

आज ४७ लाख कित्ता सेयर किनबेच हुँदा एक अर्ब ८० करोड रुपैयाँको कारोबार भएको छ । नेप्सेको अनुसार आज सबैभन्दा बढी कारोबार हिमालय डिस्टिलरीकाम सेयरधनीहरुले गरेका छन् ।

सेयर मूल्य सबैभन्दा बढी बढ्ने १० कम्पनीमा ८ वटा नै हाइड्रोपावर रहेका छन् । लिबर्टी इनर्जी कम्पनीको सेयर मूल्य ९.८० प्रतिशतले बढेको छ । त्यस्तै, छ्याङ्ग्दी हाइड्रोेपावर, दोर्दीखोला जल विद्युत कम्पनी, पिपल्स पावरलगायत अन्य कम्पनीको सेयर मूल्य बढेको छ ।

यस्तै, सबैभन्दा बढी सेयर मूल्य गुमाउने १० कम्पनीमा सबै लघुवित्त कम्पनी रहेका छन् । आदर्श लघुवित्तको सेयरमा नकरात्मक सर्किट लागेको छ । त्यस्तै, खप्तड लघुवित्त, उपकार लघुवित्त, सिर्जनशील लघुवित्त, आधिखोला लघुवित्त लगायतका अन्य कम्पनीको सेयर मूल्य घटेको छ ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये लघुवित्त र म्युचुअल फण्ड समूहको परिसूचक १.३८ र ०.१५ प्रतिशतले घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको छ ।

प्रकाशित समय : १५:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु