global ime bank Long Banner Ad

गृहपृष्ठ नेशनल लाइफ इन्स्योरेन्सकाे वार्षिकाेत्सवमा विविध कार्यक्रम

नेशनल लाइफ इन्स्योरेन्सकाे वार्षिकाेत्सवमा विविध कार्यक्रम

नेशनल लाइफ इन्स्योरेन्सकाे वार्षिकाेत्सवमा विविध कार्यक्रम

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज ३५औं वर्ष पूरा गरी ३६औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले आफ्नो वार्षिक उत्सव विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ ।

कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाटमा विशेष रक्तदान कार्यक्रम सञ्चालन गरिएको छ । जसमा ५० भन्दा बढी कम्पनीका कर्मचारीको सहभागिता रहेको थियो । देशभरमा ३४ वटा बाल र बृद्ध आश्रमहरुमा खाना खुवाउने कार्यक्रम आयोजनासमेत गरिएको कम्पनीले जनाएको छ । यसैगरी कर्मचारीहरु माझ विभिन्न खेलकुद कार्यक्रम सम्पन्न गरिएको छ ।

संस्थापक समूह र सर्वसाधारण समूहको ५५:४५ को अनुपात रहेको यस कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीले सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि नगद लाभांश पारित गरी साधारण सभा सम्पन्न गरिसकेको अवस्था छ । कम्पनीको जीवन बिमा कोषमा ५६ अर्बको हाराहारीमा रकम जम्मा भएको छ । आर्थिक वर्ष २०७७/७८ बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पूँजी ४ अर्ब ६४ करोड रुपैयाँ रहेको छ ।

आव २०७७/७८ को बिमांकीय मूल्यांकनपश्चात बीमितलाई न्यूनतम प्रतिहजार ६३ रुपैयाँदेखि अधिकतम प्रतिहजार ८५ रुपैयाँसम्म प्रदान गरेको जनाइएको छ । कम्पनीले चालु वर्षमा शाखा कार्यालय नेपालगंजमा आफ्नो भवन निर्माण गर्ने कार्य सुरु गरिसकेको छ । ११७ शाखा कार्यालय र ४६० कर्मचारी संख्या रहेको यस कम्पनीमा १ लाखभन्दा बढी अभिकर्ता कार्यरत छन् ।

कम्पनीले स्थापनाकालदेखि २०७९ साल पुस मसान्तसम्म कूल बिमाशुल्क आम्दानी ८५ अर्ब १ करोड आर्जन गरेको छ भने कूल ३८ लाख ६० हजार बिमालेख जारी गरेको छ र कूल २९ अरब ६० करोड बराबर बिमा दावी भुक्तानी गरेको छ ।

वार्षिकोत्सवको अवसरमा कम्पनीले व्यवसायिकता, प्रविधिमैत्री पारदर्शिता एवं विश्वसनीयतालाई थप अभ्यास गर्दै गुणस्तरीय बिमा सेवा प्रदान गर्ने प्रतिवद्धता जनाएको छ ।

प्रकाशित समय : १५:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु