जोशीको ॐ नम शिवाय
वि.सं.२०७९ फागुन ९ मंगलवार १६:२३
shares

गायिका इन्दिरा जोशीको ॐ नम शिवाय बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गायिका इन्दिराकै शब्द तथा संगीत रहेको ॐ नवः शिवायको एरेन्ज सक्षम श्रेष्ठले गरेका हुन् ।
युवापुस्ताहरुलाई लक्षित गरेर बनाइएको गीत पशुपतिनाथ मन्दिर परिसरमा छायांकन गरिएको हो। भिडियोमा गायिका इन्दिरा अहिलेसम्मकै भिन्न अवतारमा ‘जय शम्भो भोले जय जय’ भन्दै देखापरेकी छिन् । जसको भिडियोमा पनि नयाँ प्रयोग गरिएको छ ।
३ मिनेट लामो भिडियोमा इन्दिराले भगवान् शिवको महिमाको वर्णन गरेकी छिन् । इन्दिरा आफू कलाकारितामा लाग्नु अघिदेखि नै शिवको भक्त रहेको बताउँछिन् ।
गौरव बिष्ट र झोलेको छायांकन, गौरव बिष्टकै सम्पादन तथा मिन रावलको कलरिङ रहेको भिडियोको निर्देशन सक्षम श्रेष्ठले गरेका हुन् । भिडियो इन्दिरा जोशी अफिसियलबाट बजारमा आएको हो ।

























