गृहपृष्ठ टिभिएसको एनटर्क १२५ रेस एक्सपी स्कुटरलाई उत्कृष्ट फिचर अवार्ड
टिभिएसको एनटर्क १२५ रेस एक्सपी स्कुटरलाई उत्कृष्ट फिचर अवार्ड
टिभिएस मोटर कम्पनीको लागि नेपालको आधिकारीक विक्रेता जगदम्बा मोटर्सको उत्पादन टिभिएस एनटर्क रेस एक्सपि २०२२ को उत्कृष्ट फिचर लोडेड स्कुटर अवार्डद्वारा सम्मानित भएको छ । १२५ सीसी सेग्मेन्टको स्कुटरमा १० पिएस भन्दा बढी पावर निकाल्ने एक मात्र स्कुटर भएकोमा यसलाई उक्त अवार्ड प्रदान गरिएको हो । अवार्ड नेपाली स्टार्टअप, उत्पादन र नेपाली प्राविधिक इभेन्टसँग सम्बन्धित नेपाली मिडिया टेकलेखले प्रदान गरेको हो ।
स्कुटर उद्योगमै पहिलो पटक भोइस असिस्ट फिचर ल्याएर टिभीएसले उद्योगमा एउटा नयाँ छाप छोड्न सफल भएको छ । भोइस असिस्ट फिचर अन्तर्गत मोड चेन्ज, न्याभिगेसन, कन्सोल ब्राइटनेस एडजस्टमेन्ट, डु नट डिस्टर्ब जस्ता फिचरहरु उपलब्ध छन् ।
योे भोइस असिस्ट फिचरलाई टिभीएस स्मार्ट कनेक्ट ब्लुतुथ कनेक्टिभिटिले सपोर्ट गरेको कम्पनीले जनाएको छ । एनटर्क १२५ रेस एक्सपीको द रेस ट्युन्ड फुएल ईन्जेक्सन ९आरटि–एफआइ० ईन्जिनले ५५०० आरपीएमका साथ १०.२ पीएसको पावर र १०.८ एनएमको टर्क जेनेरेट गर्दछ । ३ वल्व सिभिटीआई–रेभ ईन्जिन भएको यस स्कुटरको टप स्पिड ९८ किमि प्रति घण्टा रहेको छ ।
जगदम्बा मोटर्सका सिइओ दीपक अग्रवालले भने , “२०२२ को बेस्ट फिचर लोडेड स्कुटरको अवार्डद्वारा सम्मनित हुन पाउँदा एकदमै गौरव महसुस भएको छ । हुन पनि यो टिभिएस् एनटर्क १२५ रेस एक्सपि यो सेग्मेन्टमै सबैभन्दा बढी पावर दिने स्कुटर मात्र नभएर डुअल राइड मोड भएको पनि सेग्मेन्टमै पहिलो हो ।
त्यस्तै यसमा एक्सिलेरेसन पनि सुधारिएको छ भने टप स्पिड पनि पहिलाको मोडल भन्दा धेरै बनाइएको छ । बेस्ट इन क्लास कनेक्टिभिटी र सेग्मेन्ट फस्र्र्ट १०।२ पिएसको पावरले सर्वोत्कृष्ट पर्फर्मेन्सको ग्यारेन्टि दिनुको साथै हाम्रो ग्राहक सेवा सन्तुष्टिको मान्यतालाई पनि आत्मसात गरेको छ ।”
प्रकाशित समय : १०:५५ बजे


















