गृहपृष्ठ नामी भिगो ई२ को विशेष अफर समाप्त, अब एमआरपीमै बुकिङ

नामी भिगो ई२ को विशेष अफर समाप्त, अब एमआरपीमै बुकिङ

नामी भिगो ई२ को विशेष अफर समाप्त, अब एमआरपीमै बुकिङ

काठमाडौं । नामी भिगो ई२ नेपाली बजारमा सार्वजनिक भएको छोटो समयमै उच्च माग र उत्साहजनक प्रतिक्रिया पाउन सफल भएको छ । सार्वजनिक भएको ६ दिनमै चाडपर्वमा बिक्री गर्ने लक्ष्यभन्दा बढी बुकिङ भएपछि कम्पनीले सीमित अवधिका लागि ल्याएको २ लाख रुपैयाँको विशेष अफर समाप्त गरेको जनाएको छ ।

आधुनिक डिजाइन, आकर्षक फिचर, प्रिमियम अनुभव र प्रतिस्पर्धी मूल्यका कारण फुलसाइज एसयूभी भिगो ई२ प्रति नेपाली उपभोक्ताको आकर्षण बढेको कम्पनीको भनाइ छ ।

यसअघि नेपाली बजारमा उपलब्ध नामी ई२ प्लसमा रहेका लोकप्रिय फिचरलाई निरन्तरता दिँदै थप परिष्कृत रूपमा भिगो ई२ ल्याइएको हो । मुनरुफ हटाएर प्रस्तुत गरिएको नयाँ मोडलले बजारमा थप आकर्षण सिर्जना गरेको र बुकिङमा समेत उल्लेख्य चाप देखिएको कम्पनीले जनाएको छ ।

सीमित अवधिका लागि घोषणा गरिएको विशेष अफर र नयाँ मोडलप्रतिको आकर्षणका कारण छोटो समयमै उच्च बुकिङ प्राप्त भएको कम्पनीको भनाइ छ ।

एमएडब्लू वृद्धिमोटर्सका अनुसार अब भिगो ई२ को मूल्य ३७ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ । यस मूल्यमा बुकिङ भने निरन्तर रहनेछ ।

एमएडब्लू वृद्धिमोटर्सका सीईओ प्रसन्न पन्तले सीमित अवधिका लागि घोषणा गरिएको विशेष अफर उच्च मागका कारण नाडा अटो शो २०२६ को पहिलो दिनमै समाप्त गर्नुपरेको बताए ।

उनले नेपाली उपभोक्ताले देखाएको विश्वास र मायाप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि ग्राहकको आवश्यकता र अपेक्षाअनुसार नयाँ तथा थप प्रतिस्पर्धी उत्पादन उपलब्ध गराउँदै जाने प्रतिबद्धता जनाए ।

कम्पनीले भिगो ई२ प्रति नेपाली उपभोक्ताबाट प्राप्त प्रतिक्रिया अपेक्षाभन्दा उत्साहजनक रहेको जनाएको छ । सार्वजनिक भएको केही दिनमै प्राप्त उच्च बुकिङले नेपाली बजारमा उक्त एसयूभीप्रतिको आकर्षण स्पष्ट पारेको कम्पनीको दाबी छ ।

प्रकाशित समय : ०७:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु