गृहपृष्ठ मोटोरोला एज ७० फ्युजन नेपालमा सार्वजनिक, मूल्य ६९ हजार ९९९ रुपैयाँ
मोटोरोला एज ७० फ्युजन नेपालमा सार्वजनिक, मूल्य ६९ हजार ९९९ रुपैयाँ
काठमाडौं । मोटोरोला एज ७० फ्युजन स्मार्टफोन नेपाली बजारमा सार्वजनिक भएको छ । मोटोरोला र चौधरी ग्रुपको सहकार्यमा ललितपुरस्थित लबिम मलको क्यूएफएक्स सिनेमाजमा विशेष कार्यक्रम आयोजना गर्दै स्मार्टफोन सार्वजनिक गरिएको हो ।
मोटोरोला कन्ट्री हेड हरि ओम मिश्र र चौधरी ग्रुपका भाइस प्रेसिडेन्ट एससी साबुले संयुक्त रूपमा स्मार्टफोन सार्वजनिक गरेका थिए । कार्यक्रममा नेपाली चलचित्र ‘मास्टर्नी’का कलाकार तथा निर्माण टोलीसहित अभिनेत्री प्रियंका कार्कीको पनि उपस्थिति थियो ।
मोटोरोला र चौधरी ग्रुपले ‘मास्टर्नी’सँगको सहकार्यमा स्मार्टफोन सार्वजनिक गर्नुका साथै चलचित्रको विशेष प्रदर्शनसमेत आयोजना गरेका थिए । प्रविधि र मनोरञ्जनलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ ।
कार्यक्रममा देशभरका डिलर, रिटेलर, इन्फ्लुएन्सर तथा विभिन्न क्षेत्रका अतिथिको सहभागिता थियो ।
कम्पनीका अनुसार Motorola Edge 70 Fusion मा ५० मेगापिक्सेलको Sony LYT 710 क्यामेरा, moto ai, ७ हजार एमएएच ब्याट्री तथा ६८ वाट TurboPower चार्जिङ प्रविधि उपलब्ध छ । फोनमा १४४ हर्ज रिफ्रेस रेटसहितको १.५K क्वाड-कर्भ्ड डिस्प्ले र ५,२०० निट्ससम्मको ब्राइटनेस रहेको छ ।
प्रिमियम फेब्रिक फिनिसमा उपलब्ध फोनमा Pantone ले छनोट गरेका आकर्षक रङसमेत प्रयोग गरिएको कम्पनीले जनाएको छ ।
Motorola Edge 70 Fusion आगामी २९ अगस्टदेखि नेपालभर बिक्रीका लागि उपलब्ध हुनेछ । यसको सुरुआती मूल्य ६९ हजार ९९९ रुपैयाँ तोकिएको छ ।
मोटोरोला नेपालमा चौधरी ग्रुपको वितरण सञ्जालमार्फत बिक्री हुँदै आएको छ । कम्पनीले बिक्रीसँगै देशभर व्यापक वितरण तथा सेवा केन्द्रको सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ ।
‘मास्टर्नी’सँगको सहकार्यमा गरिएको सार्वजनिक कार्यक्रमले भने नेपालमा स्मार्टफोन सार्वजनिक गर्ने परम्परागत शैलीभन्दा फरक स्वरूप प्रस्तुत गरेको छ । चलचित्र, मनोरञ्जन र प्रविधिलाई एउटै मञ्चमा जोडिएको यो कार्यक्रमलाई कम्पनीले नयाँ अनुभवका रूपमा प्रस्तुत गरेको छ ।
प्रकाशित समय : ०७:५१ बजे


















