गृहपृष्ठ नेपाली बजारमा भिभोको वाई ०५ई सार्वजनिक
नेपाली बजारमा भिभोको वाई ०५ई सार्वजनिक
काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता भिभोले नेपाली बजारमा वाई सिरिजअन्तर्गत नयाँ बजेट स्मार्टफोन वाई ०५ई सार्वजनिक गरेको छ । दैनिक प्रयोगलाई लक्षित गर्दै ल्याइएको फोनमा ५ हजार १५० एमएएच ब्याट्री, आईपी६४ रेटिङ र एन्टी–ड्रप डिजाइनलगायतका सुविधा छन् ।
कम्पनीका अनुसार फोनमा प्रयोग गरिएको ब्याट्री प्रविधिले चार वर्षसम्म ब्याट्री हेल्थ कायम राख्न सहयोग गर्नेछ । त्यस्तै, ५७० निट्ससम्मको ब्राइटनेसले उज्यालो वातावरणमा पनि स्क्रिन हेर्न सहज बनाउने कम्पनीको दाबी छ ।
फोनमा ओरिजिनओएस ६ प्रयोग गरिएको छ भने अडियो अनुभवलाई थप प्रभावकारी बनाउन २०० प्रतिशत भोल्युम बूस्ट सुविधा राखिएको छ । फोन ४ जीबी र्याम र ६४ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध हुनेछ ।
भिभो वाई ०५ईको मूल्य १९ हजार ९९९ रुपैयाँ तोकिएको छ । कम्पनीका अनुसार फोन बिहीबारदेखि नेपालभरका आधिकारिक भिभो रिटेल स्टोर तथा दाराजमार्फत बिक्रीका लागि उपलब्ध हुनेछ ।
प्रकाशित समय : १०:५३ बजे


















