गृहपृष्ठ २५ अर्ब रुपैयाँले बढ्यो निक्षेप

२५ अर्ब रुपैयाँले बढ्यो निक्षेप

२५ अर्ब रुपैयाँले बढ्यो निक्षेप

माघ महिनामा बैंकहरुको निक्षेप संकलन २५ अर्ब रुपैयाँले बढेको छ । नेपाल बैंकर्स एसाेसिएशनकाे तथ्यांकअनुसार वाणिज्य बैंकहरुमा २५ अर्ब ६ करोड रुपैयाँ निक्षेप थपिएको हाे ।

पुस अन्तिमसम्ममा ४७ खर्ब १६ अर्ब रुपैयाँ रहेको बैंकहरुको निक्षेप संकलन माघ अन्तिमसम्ममा बढेर ४७ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ । माघमा बैंकहरुको कर्जा लगानी भने ११ अर्ब २२ करोड रुपैयाँले मात्रै बढेको छ । माघमा कर्जा लगानी ४२ खर्ब ७८ अर्ब रुपैयाँबाट बढेर ४२ खर्ब ९० अर्ब रुपैयाँ पुगेको तथ्यांकमा जनाइएकाे छ ।

माघमा एनआइसी एशिया बैंकले सबैभन्दा धेरै निक्षेप बढाएको छ । एक महिनामा बैंकको निक्षेप १२ अर्ब रुपैयाँले बढेको छ । यस्तै राष्ट्रिय वाणिज्य बैंकको पनि निक्षेप १० अर्ब रुपैयाँले बढेको छ ।

यस्तै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको निक्षेप सबैभन्दा धेरै ६ अर्ब ४९ करोड रुपैयाँले घटेको छ भने प्रभु बैंकको पनि ३ अर्ब ६२ करोड रुपैयाँ र स्ट्यान्डर्ड चार्टर्ड बैंकको ३ अर्ब ३२ करोड रुपैयाँले निक्षेप घटेको छ ।

कर्जा लगानीमा पनि एनआइसी एशिया बैंक सबैभन्दा अगाडि देखिएकाे छ । बैंकले माघ महिनामा १५ अर्ब ५१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाहेक लक्ष्मी बैंकले २ अर्ब १७ करोड रुपैयाँले कर्जा बढाएको छ भने कुमारी बैंकले पनि २ अर्ब ७ करोड रुपैयाँले कर्जा रकम बढाएको छ ।

स्ट्यान्डर्ड चाटर्ड बैंकको भने कर्जा लगानी २ अर्ब ५८ करोड रुपैयाँले घटेको छ । प्रभु बैंकको पनि कर्जा लगानी २ अर्ब ५१ करोड रुपैयाँले घटेको छ ।

प्रकाशित समय : १६:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु