गृहपृष्ठ भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि नेशनल लाइफको १ करोड ५१ लाख सहयोग
भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि नेशनल लाइफको १ करोड ५१ लाख सहयोग
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १ करोड ५१ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।
गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा गेग्रानसहित आएको भीषण बाढीबाट भएको जनधनको क्षतिपछि प्रभावित क्षेत्रको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहतका लागि कम्पनीले उक्त सहयोग गरेको हो।
कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंह र प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले एक विशेष कार्यक्रममा सहयोग रकम बराबरको चेक अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।
अप्रत्याशित प्राकृतिक विपत्तिबाट भएको ठूलो जनधनको क्षतिप्रति कम्पनी परिवार अत्यन्त दुःखी भएको नेशनल लाइफले बताएको छ। कम्पनीले विपद्पछि सञ्चालन भइरहेको उद्धार तथा राहत कार्यमा सक्रिय रूपमा जुट्न आफ्ना कर्मचारी र अभिकर्ताहरूलाई समेत आग्रह गरेको छ।
प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै कम्पनीले मृतकका परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे।
प्रकाशित समय : ११:५४ बजे


















