global ime bank Long Banner Ad

गृहपृष्ठ राष्ट्रिय वाणिज्य बैंकले एससीटी युपीआई डेबिट कार्ड सञ्चालन गर्ने

राष्ट्रिय वाणिज्य बैंकले एससीटी युपीआई डेबिट कार्ड सञ्चालन गर्ने

राष्ट्रिय वाणिज्य बैंकले एससीटी युपीआई डेबिट कार्ड सञ्चालन गर्ने

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिप्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज (एससीटी) तथा राष्ट्रिय वाणिज्य बैंकबीच एससीटी युपीआई डेबिट कार्ड सेवा सञ्चालनको लागि सम्झौता भएको छ ।

सम्झौतापत्रमा स्माटच्वाईस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन् । यस सम्झौतापश्चात राष्ट्रिय वाणिज्य बैंकका ग्राहकले एससीटी युपीआई डेबिट कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सेवा प्राप्त गर्न सक्नेछन् । यसका साथै, एससीटी युपीआई सञ्जालको प्रयोगबाट ग्राहकले नेपाल तथा भारतमा एटीएम, पोस, इ-कमर्शजस्ता सेवा सजिलै लिन सक्नेछन् ।

विगत २० वर्षदेखि डिजिटल भुक्तानीमा गुणस्तरीय सेवा दिँदै आएको स्मार्टच्वाइस टेक्नोलोजिज र स्थापना कालदेखि नै ग्राहकहरुको पहिलो रोजाइ बनेको राष्ट्रिय वाणिज्य बैंकबीच भएको यस सम्झौताले समग्र नेपालको डिजिटल भुक्तानीको क्षेत्रमा टेवा पुग्ने आशा गरिएको छ ।

प्रकाशित समय : १२:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु