गृहपृष्ठ उच्च अंकले घट्यो नेप्से, काराेबार रकममा भने वृद्धि
उच्च अंकले घट्यो नेप्से, काराेबार रकममा भने वृद्धि
साताको पहिलो सेयरबजारमा उच्च अंकको गिरावट आएको छ । आज नेप्से सूचक ६०.८८ अंकले घटेर २१२१ को विन्दुमा कायम भएको छ ।
नेप्से घटे पनि आज कारोबार रकम भने सन्तोषजनक रहेको छ । सेयरबजारमा आज ३ अर्ब ४ कराेड ७७ लाख रूपैयाँ माथिको कारोबार भएकाे छ । गत शुक्रबार ५६ लाख कित्ता सेयर किनबेच हुँदा दुई अर्ब ६ करोड २० लाख रुपैयाँको कारोबार भएको थियाे ।
आज १३ वटा उपसमूहको समूहगत सूचक घटेको छ । आज फाइनान्स समूहको सूचक सर्वाधिक ४.७० प्रतिशतले घटेको हाे । बैंकिङ समूहको २.०४ प्रतिशत, विकास बैंक समूहको ३.६३ प्रतिशत, होटल तथा पर्यटन समूहको २.७४ प्रतिशत, हाइड्रोपावर समूहको ४.०६ प्रतिशत, लगानी समूहको ३.८९ प्रतिशत, जीवन बिमा समूहको ३.२४ प्रतिशतले घटेको छ ।
यस्तै, उत्पादन तथा प्रशोधन समूहको ४.०९ प्रतिशत, माइक्रोपाइनान्स समूहको २.१८ प्रतिशत, म्युचुअल फन्ड समूहको ०.८३ प्रतिशत, निर्जीवन बिमा समूहको २.५५ प्रतिशत, अन्य समूहको २.४० प्रतिशत र ट्रेडिङ समूहको १.७५ प्रतिशतले सूचक घटेको छ ।
आज सर्वाधिक हिमालयन डिष्टिलरीको १४ करोड ३७ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै,ङादी ग्रुप पावरको ११ करोड २९ लाख, अपि पावरको ७ करोड ८० लाख, अपर तामाकोशीको ७ करोड ७६ लाख र एनआइसी एशिया बैंकको ७ करोड ७१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
प्रकाशित समय : १५:१६ बजे


















