गृहपृष्ठ भक्तपुरमा फुटसल प्रतियोगिता सुरु
भक्तपुरमा फुटसल प्रतियोगिता सुरु
भक्तपुरमा आइतबारदेखि छात्रछात्रा फुटसल प्रतियोगिता सुरु भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ८ सिपाडोलस्थित हेल्थी फुटसल इटबूमा प्रतियोगिता सुरु भएको हो ।
ख्वप माविको २३ औं, ख्वप कलेजका २१ औ र शारदा क्याम्पसको ३२ औं वार्षिकोसत्वको अवसरमा प्रतियोगिता भएको हो ।
प्रतियोगिताको पहिलो दिन दुई चरणका प्रतियोगिताहरु हुने फुटसल प्रतियोगिता उपसमितिका संयोजक सुनिल सुवालले बताए । फाइनल भने पर्सि मंगलबार मात्रै हुने उनले जनाए ।
प्रतियोगिताको उदघाटन कलेजका प्राचार्य रुपक जोशीले वल हस्तान्तरण गरी गरेका थिए ।
प्रकाशित समय : १४:५१ बजे


















