गृहपृष्ठ लुम्बिनीका मन्त्री केसीको राजीनामा

लुम्बिनीका मन्त्री केसीको राजीनामा

लुम्बिनीका मन्त्री केसीको राजीनामा

लुम्बिनी प्रदेशका विनाविभागीयमन्त्री कृष्णा केसीले पदबाट राजीनामा दिएकी छन् । मन्त्रालय छनोटमा असन्तुष्टि व्यक्त गर्दै उनले आज मुख्यमन्त्री लीला गिरीसमक्ष राजीनामा दिएकी हुन् । गत पुस २८ गते केसीले विनाविभागीय मन्त्रीका रुपमा शपथग्रहण गरेकी थिइन् ।

मुख्यमन्त्री लिला गिरीले आइतबार मन्त्रिमण्डल विस्तारको तयारी गरेकी उनको निजी सचिवालले जनाएको छ । नेकपा (माओवादी केन्द्र) का तर्फबाट विनाविभागीयमन्त्री बनेकी केसीको राजीनामा सरकारसँगको असन्तुष्टिका कारण नभएको मन्त्री तथा सरकारका प्रवक्ता चेतनारायण आचार्यले बताए। उनले भने, “मन्त्री केसीको राजीनामा उनको पार्टीभित्रको समस्या होला, सरकारसँगको असहमतिबाट होइन ।”

मुख्यमन्त्री गिरी गत पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएकी थिइन्। उनले यही माघ ५ गते प्रदेशसभामा विश्वासको मत पाएकी थिइन् ।

प्रकाशित समय : १६:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु