nmb bank

गृहपृष्ठ सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाह नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाह नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाह नियुक्त

सुदूरपश्चिम प्रदेशकाे मुख्यमन्त्रीमा प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह नियुक्त भएका छन् ।

प्रदेश प्रमुख देवराज जोशीले नेपालको संविधानको धारा १६८ को उपधारा (३) अनुसार आज  शाहलाई प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । कैलाली निर्वाचन क्षेत्र नं. २ को प्रदेशसभामा प्रत्यक्ष निर्वाचित शाहलाई साँझ प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

यसअघि प्रदेशसभाको आजको बैठकमा विश्वासको मत अस्वीकृत भएपछि मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेश प्रमुखसमक्ष साँझ राजीनामा दिएका थिए । रावल एमाले संसदीय दलका नेता हुन् ।

५३ सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १९, नेकपा (माओवादी केन्द्र)का सभामुखबाहेक १०, नेकपा (एमाले) का १०, नागरिक उन्मुक्तिका सात, नेकपा (एकीकृत समाजवादी)का चार, राप्रपाका एक र एक स्वतन्त्र सदस्य छन् ।

प्रकाशित समय : २०:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु