काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सशस्त्रका ४ एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस

7.2K
shares

सशस्त्र प्रहरी बलका ४ जना सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकलाई नायब महानिरीक्षक (डीआईजी) पदमा बढवा गर्न सिफारिस गरिएको छ । गृह मन्त्रालयमा बुधबार बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको हो ।

एसएसपी सुरेश कुमार श्रेष्ठलाई १ नम्बरमा बढुवा सिफारिस गरिएको छ । सशस्त्रमा ४ जना डीआईजीको पद रिक्त छ ।

सो रिक्त पदमा श्रेष्ठ सहित अन्जनी कुमार पोखरेल, दीपेन्द्र शाह र पुरुषोत्तम थापालाई बढुवा सिफारिस गरिएको बढुवा समितिका सदस्य सचिव सशस्त्र प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) नारायणदत्त पौडेलले जानकारी दिए ।