गृहपृष्ठ माओवादी केन्द्रीय समिति बैठक भर्चुअल माध्यमबाट बस्दै

माओवादी केन्द्रीय समिति बैठक भर्चुअल माध्यमबाट बस्दै

माओवादी केन्द्रीय समिति बैठक भर्चुअल माध्यमबाट बस्दै

स्थायी कमिटी बैठकले २२ सदस्सीय पदाधिकारीको टुंगो लगाए लगत्तै नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक आज साँझ ५ बजे हुने भएको छ ।

भर्चुअल माध्यमबाट हुने सो केन्द्रीय समिति बैठकका लागि केन्द्रीय सदस्यहरूलाई जुम आइडी दिइएको छ ।

सुरुमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने उक्त बैठकमा पदाधिकारी चयन गरेको तथा स्थायी कमिटी सदस्य र पोलिटब्युरो सदस्यलाई केन्द्रीय विभागको विभागीय जिम्मेवारी तोकेको घोषणा गर्ने कार्यसूची रहेको बुझिएको छ ।

प्रकाशित समय : १०:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु