गृहपृष्ठ महिला साफ च्याम्पियनसिप फाइनल आज, नेपालले नयाँ रणनीति अपनाउने

महिला साफ च्याम्पियनसिप फाइनल आज, नेपालले नयाँ रणनीति अपनाउने

महिला साफ च्याम्पियनसिप फाइनल आज, नेपालले नयाँ रणनीति अपनाउने

साफ यू–२० महिला च्याम्पियनसिपको उपाधिका लागि नेपालले आज घरेलु टोली बंगलादेशसँग खेल्दैछ ।

बिहीबार ढाकास्थित बीएसएस मोस्ताफा कमल स्टेडियममा नेपाली समय अनुसार साँझ पौने ६ बजे खेल हुनेछ । यो खेलमा नेपाल नयाँ रणनीतिका साथ मैदान उत्रिने छ ।

फाइनलमा घरेलु टोली विरुद्ध बदला लिँदै उपाधि जित्ने लक्ष्यमा नेपाल छ । पहिलो खेलमै नेपाल घरेलु टोली बंगलादेशसँग पराजित भएको थियो । पहिलो खेल हारे पनि त्यसपछि प्रदर्शनमा सुधार गर्दै नेपालले भुटान र भारतलाई हराएर फाइनलमा स्थान बनाएको हो ।

साविक विजेता तथा बलियो टोली भारत विरुद्ध एक गोलले पछि परेपनि ३–१ को शानदार पुनरागमन जित निकालेको नेपाली टोली अहिले लयमा छ ।

प्रकाशित समय : ०९:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु