गृहपृष्ठ अखिल क्रान्तिकारीका दुवै समिति विघटन, स्ववियु चुनावपछि राष्ट्रिय सम्मेलन

अखिल क्रान्तिकारीका दुवै समिति विघटन, स्ववियु चुनावपछि राष्ट्रिय सम्मेलन

अखिल क्रान्तिकारीका दुवै समिति विघटन, स्ववियु चुनावपछि राष्ट्रिय सम्मेलन

नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीभित्रको विवाद समाधान गर्न पञ्चा सिंह र पवन कार्की नेतृत्वका दुवै समितिलाई विघटन गरी राष्ट्रिय सम्मेलन आयोजक समिति बनाइने भएको छ ।

हालै सम्पन्न माओवादी केन्द्रको स्थायी समिति बैठकले दुवै पक्षका समितिलाई विघटन गरेर राष्ट्रिय सम्मेनल आयोजक समिति बनाउने र स्ववियु चुनावपछि राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको हो ।

‘विद्यार्थी मोर्चामा देखिएको समस्यालाई हल गर्न बैठक राखेर केन्द्रीय आयोजक समिति निर्माण गर्ने र एकढिक्का भएर स्ववियु चुनावमा लाग्ने,’ निर्णयबारे माओवादीले जारी गरेको सर्कुलरमा भनिएको छ, ‘स्ववियु चुनावपछि राष्ट्रिय सम्मेलन गर्ने ।’

अखिल क्रान्तिकारीमा संस्थापन पक्षविरुद्ध अर्का नेता पवन कार्कीले समानान्तर संगठन बनाएपछि लामो समयदेखि विवाद चुलिँदै आएको थियो । यसले ५ चैतमा हुने स्ववियु चुनावलाई समेत असर गर्ने भएपछि माओवादीले मध्यमार्गी बाटो अबलम्बन गर्दैै राष्ट्रिय सम्मेलनमा जाने निर्णय लिएको हो ।

प्रकाशित समय : ०८:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु