गृहपृष्ठ नेप्से घट्यो, ३ अर्ब ६९ करोडको कारोबार
नेप्से घट्यो, ३ अर्ब ६९ करोडको कारोबार
कारोबार रकम बढे पनि नेप्से परिसूचक बुधबार ओरालो लागेको छ । मंगलबार नेप्से परिसूचक ७६.६४ अंकले बढेको थियो । तीन अर्ब ३६ करोडको कारोबार भएको थियो ।
बुधबार तीन अर्ब ६९ करोड १९ लाख रुपैयाँको कारोबार भएको छ । तर, नेप्से परिसूचक ७.१६ अंकले ओरालो लागेको छ । यस दिन २५७ कम्पनीको सेयर किनबेच भएको छ । एक करोड पाँच लाख कित्ता सेयर खरिदबिक्री भएको छ ।
बुधबार सबैभन्दा बढी सेयर मूल्य बढ्ने कम्पनीमा तेह्रथुम हाइड्रोपावर, धौलागिरि लघुवित्त र राधी जलविद्युत् कम्पनी छन् । बुधबारको कारोबारबाट सेयर मूल्य बढी घट्ने कम्पनीमा आदर्श लघुवित्त र पोखरा फाइनान्स छन् ।
यस दिन कारोबार रकमको आधारमा नेपाल रिइन्स्योरेन्स कम्पनी अगाडि छ । नेपाल रिको ११ करोड रुपैयाँको कारोबार भएको छ ।
प्रकाशित समय : १६:१६ बजे


















