global ime bank Long Banner Ad

गृहपृष्ठ बोटको ब्लुटुथ कलिङ स्मार्टवाच नेपाली बजारमा

बोटको ब्लुटुथ कलिङ स्मार्टवाच नेपाली बजारमा

बोटको ब्लुटुथ कलिङ स्मार्टवाच नेपाली बजारमा

भारतको नम्बर एक वेरेबल ब्रान्ड बोटले नेपाल पोर्टफाेलियोमा आफ्नो हियरेबल र वेरेबल क्याटेगोरीतर्फ केही उत्पादनहरु थप गरेको छ ।

नेपालमा स्मार्टवाच र हियरेबल एक्सेसरिजहरुको बढ्दो मागसँगै सो कम्पनीले उच्च गुणस्तरका उत्पादनहरू सुपथ मूल्यमा उपलब्ध गराएर उपभोक्ताहरुको आवश्यकतालाई सम्बोधन गर्ने प्रयास गरेको छ । बोट एक्सटेन्ड प्रो बलियो र सुन्दर ढंगले बनाइएको १.७८ इन्चको एमलोड डिस्प्ले र ३० मिनेटको एएसएपी फस्ट चार्जिङमा १० दिन टिक्ने ब्याट्रीको साथ आउँछ ।

एक्सटेन्ड प्रो ब्लुटुथ कलिङलाई इन-बिल्ट स्पिकरका साथ आउँछ । यसमा एक डायल प्याड रहेको छ, जसमा स्मार्टवाचबाट दशवटा सम्पर्कहरूलाई सेभ गर्न र कल गर्न सक्ने जनाइएको छ ।

यो स्मार्टवाच उच्चस्तरीय जीवनशैलीका लागि बनाइएको वाचमा ७००+ एक्टिभ मोडहरू रहेका छन् । वास्तविक-समयमा हृदय गति ट्र्याकिङ, सटीक एसपीओटु अनुगमन, र धेरै वाच फेसहरू र थिमहरूलाई समर्थन गर्ने कम्पनीले जनाएको छ । साथै आइपी६८ डस्ट र वाटर रेसिस्टेन्सको साथ, एक्सटेन्ड प्रो धुलो र पानीको छर्राप्रति अत्यधिक प्रतिरोधी रहेको दाबी गरिएको छ ।

१.६९ इन्चको एचडी कर्भ डिस्प्ले भएको यस बोट वेभ कलमा ब्लुटुथ कल गर्न सकिन्छ । १० दिन सम्मको ब्याट्री ब्याक अप भएको यस स्मार्टवाचमा एसपीओटु र मुटुको धड्कन पनि ट्र्याक गर्न सकिनुका साथै हाइड्रेसन अलर्ट पनि छ ।

त्यस्तै यसमा १० जना सम्मको कन्ट्याक्ट पनि सेभ गर्न मिल्छ । हरेक पहिरनसँग मिल्ने बोट वेभ कल १००+ वाच फेसको साथमा आएको छ ।

प्रकाशित समय : ०९:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु