global ime bank Long Banner Ad

गृहपृष्ठ ओली भेट्न बालकोट पुगे प्रधानमन्त्री प्रचण्ड

ओली भेट्न बालकोट पुगे प्रधानमन्त्री प्रचण्ड

ओली भेट्न बालकोट पुगे प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सत्तासाझेदार प्रमुख दुई दलका शीर्ष नेताबीच बुधबार बिहान भेटवार्ता भएकाे हाे ।

बुधबार बिहान प्रधानमन्त्री प्रचण्ड छलफलका लागि अध्यक्ष ओलीको निवास बालकोट पुगेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उनीहरूबीच सरकार सञ्चालन, राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन लगायतका विषयमा कुराकानी भएको बताइएकाे छ । राष्ट्रपतिको निर्वाचन फागुन २५ र उपराष्ट्रपतिको निर्वाचन चैत ३ मा हुँदैछ ।

यसका साथै सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्रीले लिन लागेको विश्वासको मतलगायत विषयमा पनि छलफल हुने बताइएको छ ।

प्रकाशित समय : १०:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु