global ime bank Long Banner Ad

गृहपृष्ठ विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज विशेष पत्रकार सम्मेलन गर्दै

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज विशेष पत्रकार सम्मेलन गर्दै

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज विशेष पत्रकार सम्मेलन गर्दै

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बुधबार विशेष पत्रकार सम्मेलन गर्दैछ ।

पार्टीले आज काठमाडौंको जमलस्थित नाचघरमा दिउँसो १ बजे पत्रकार सम्मेलन गर्न लागेको पार्टी सचिवालयले जनाएकाे छ । सचिवालयका अनुसार सम्पन्न पार्टीको केन्द्रीय समिति बैठकका निर्णय, तत्कालीन केपी शर्मा ओली सरकारसँग भएको सम्झौताअनुसार बन्दी रिहाई तथा मुद्दा फिर्ता गर्ने सवालमा भएको ढिलाइ लगायतका विषयमा पत्रकार सम्मेलन गर्न लागिएको हो ।

पत्रकार सम्मेलनमा महासचिव चन्दसहित खडगबहादुर विश्वकर्मालगायत शीर्ष नेताको उपस्थिति तथा सम्बोधन रहने बताइएकाे छ ।

प्रकाशित समय : ०९:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु