गृहपृष्ठ यामाहाको भ्यालेन्टाइन स्किम : कि टु द गोल्डेन हार्ट
यामाहाको भ्यालेन्टाइन स्किम : कि टु द गोल्डेन हार्ट
भ्यालेन्टाइनको अवसरमा यामाहाले अत्यन्त रोमाञ्चक र रोमान्टिक स्किम ल्याएको छ । जसमा अद्भूत सरप्राइजहरू रहेको कम्पनीले जनाएको छ ।
‘की टु द गोल्डेन हार्ट’ स्किमले १ लाखसम्मको क्यासब्याकको अफर पनि ल्याएको छ । यो योजनामा हरेक हप्ता यामाहाले एउटा सुनको लकेट र यामाहाको सुनको चाबी पनि उपहारस्वरूप दिने जनाइएको छ ।
लक्की ड्रमार्फत हरेक हप्ता बिजेताको घोषणा गरिनेछ । यो अफर यामाहाका सीमित मोडेलहरूको खरिदमा मात्र उपलब्ध हुनेछ । यी मोडेलहरू FZ-S FI Version 3.0, FZ-S FI Version 2.0, FZ FI Version 2.0, SZ-RR Version 2.0, Saluto 125 cc, Ray ZR 125 FI, Fascino 125 FI र Ray Z 113 cc रहेका छन् । यो अफर यामाहा स्कुटरमा १ देखि १७ फेब्रुअरी २०२३ सम्म मात्र लागू हुनेछ भने यामाहाका बाकइहरूमा १९ जनवरी २०२३ देखि नयाँ योजना घोषणा नगरेसम्म लागू हुने कम्पनीले जनाएकाे छ ।
खरिदकर्ताले एकै पटकमा सम्पूर्ण रकम लगानी गर्न नसकेको खण्डमा यामाहासँग वैकल्पिक प्रस्ताव पनि रहेको जनाइएको छ । ‘खरिदकर्ताले सबैभन्दा कम डाउन पेमेन्टको विकल्प रोज्न सक्छ, जुन पूर्ण रकमको २०% हो । यो अफर ९.९९% को न्यूनतम ब्याजदरमा पनि उपलब्ध छ । फेब्रुअरी महिना प्रेमको प्रतीक रहेको हुँदा परस्परको यही प्रेम र आत्मियता मनाउँदै यामाहाले एक आकर्षक साप्ताहिक उपहार ल्याएको छ,’ कम्पनीले भनेको छ, ‘एउटा सुनको लकेट र यामाहाको सुनौलो चाबीको साप्ताहिक उपहार प्राप्त गर्ने अफर रहेको छ ।’
अफर यामाहा फाइनान्स, एमएडब्ल्यु इन्भेस्टमेन्ट प्रालिद्वारा सञ्चालन गरिएको जनाइएको छ । ‘हामी यो मायाको याममा ‘कि टु द गोल्डेन हार्ट’ अफर सुरु गर्न पाउँदा अत्यन्तै हर्षित छौं । यो योजनाले बाइक उत्साहीहरूलाई कम डाउन पेमेन्ट र न्यून ब्याज दरमा बाइक/स्कुटर किन्न पाउने उत्कृष्ट अवसर प्रदान गर्नेछ भन्ने हाम्रो दृढ विश्वास छ,’ यामाहा नेपालका मार्केटिङ प्रमुख यम गुरुङले भने ।
प्रकाशित समय : १४:५८ बजे


















