गृहपृष्ठ आजको दिन गैर आवासीय नेपाली संघ बेलायतका लागि ऐतिहासिक हुनेछ : प्रध्यापक डा. सूर्य सुवेदी

आजको दिन गैर आवासीय नेपाली संघ बेलायतका लागि ऐतिहासिक हुनेछ : प्रध्यापक डा. सूर्य सुवेदी

आजको दिन गैर आवासीय नेपाली संघ बेलायतका लागि ऐतिहासिक हुनेछ : प्रध्यापक डा. सूर्य सुवेदी

गैर आवासीय नेपाली संघ बेलायतले नेपालमा रहेको ‘सम्पत्तिको स्वामित्व, उपभोग तथा अधिकारका सम्बन्धमा’ अन्तरक्रिया सम्पन्न गरेको छ । दुई वरिष्ठ अधिवक्ता नेपाल बार एशोसिएशनका अध्यक्ष गोपाल कृष्ण घिमिरे र बारका पूर्व महासचिव सुनिल कुमार पोखरेलको सहभागितामा मिडलैन्डको नटिंगहममा अन्तरक्रिया गरेको हो ।

गैर आवासीय नेपालीहरुका सवालमा समसामयिक बिषय, बदलिएको नेपाली कानुन र गैर आवासीय नेपालीहरुको नेपालमा रहेको सम्पत्तिका बारेमा अन्तरक्रिया गरेको प्रवक्ता शशांक शर्माले जानकारी दिनुभयो ।

गैर आवासीय नेपाली संघ बेलायतका प्रवक्ता शर्माका अनुसार अध्यक्ष सुनिल बाबु खड्काको अध्यक्षतामा गरिएको अन्तरक्रियाको समुद्घाटन गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष कुल आचार्य, राष्ट्रिय समन्वय परिषद् बेलायतका अध्यक्ष सुनिल बाबु खडका र नेपाल बार एसोसियसनका अध्यक्ष गोपाल कृष्ण घिमिरेले संयुक्त रुपमा गर्नुभएको थियो ।

कार्यक्रममा गैर आवासीय नेपाली संघ बेलायत र नेपाल बार एशोसिएशनबीच संयुक्त कार्यपत्रमा सम्झौता गरिएको थियो । सम्झौता पत्रमा बारका अध्यक्ष घिमिरे र संघ बेलायतका अध्यक्ष सुनिल बाबु खड्काले हस्ताक्षर गर्नुभएको छ । सम्झौता पत्र प्रध्यापक डा. सूर्य सुवेदी, गैर आवासीय नेपाली संघ बेलायतका उपाध्यक्ष डा. नारायण दत्त कंडेल र बार एशोसिएशन नेपालका प्रतिनिधिले तयार पार्नु भएको हो ।

सम्झौता पत्रका बारेमा बोल्दै संघ बेलायतका उपाध्यक्ष डा. कंडेलले गैर आवासीय नेपालीहरुको सम्पत्ति सम्बन्धि कुनैपनि समस्याको कानुनी लडाई लड्दा गैर आवासीय नेपाली संघ बेलायत र नेपाल बार एशोसिएशनले संयुक्त रुपले लड्ने उल्लेख गरिएको बताउनु भयो । यसका लागि नेपाल बार र गैर आवासीय नेपाली संघ बेलायतको हेल्प डेस्क नेपालका प्रमुख शहरहरुमा राखिने छ भने क्रमशः यसको विस्तार नेपालका सबै जिल्लाहरुमा गरिने जानकारी उहाँले दिनुभयो ।

सम्झौता पत्रका बारे प्रकाश पार्दै प्रध्यापक डा. सुवेदीले आजको यो दिन गैर आवासीय नेपाली संघ बेलायतको इतिहासमा सुर्वण अक्षरमा लेखिने छ भनि जुममार्फत सम्बोधन गर्नुभयो ।

गैर आवासीय नेपालीहरुको सम्पत्तिमा स्वामित्वको बारेमा प्रकाश पार्दै वरिष्ठ अधिवक्ताद्वयले गैर आवासीय नेपालीहरुको नेपालमा रहेको सम्पत्तिमा कसैले आँखा लगाउन नहुने बताउनु भयो । उहाँले गैर आवासीय नेपालीहरुले नागरिकताको निरन्तरताको मागलाई अगाडी बढाई निष्कर्षमा पुर्‍याउनुपर्ने र यसको लागि बार एशोसिएशन सहयोग गर्न तत्पर रहेको बताउनु भयो ।

प्रवक्ता शर्माका अनुसार अन्तरक्रियालाई सम्बोधन गर्दै गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष कुल आचार्यले जे जति अधिकार मिलेको छ यतिमै चित्त नबुझाउन बताउनु भयो । उहाँले अब दोहोरो नागरिकता र सम्पत्तिको हक नैसर्गिक बनाउन संघले मुद्धा नै बनाएर अघि बढ्ने पनि बताउनु भएको छ । ‘बोल्न र फेसबुकमा लेख्न सजिलो छ’, उहाँले भन्नुभयो, ‘तर उपलब्धी हासिल गर्न वार्ता, भेटघाट, बैठक र निरन्तर नेपालको नेतृत्वसंग लबिङ गर्नुपर्ने आवश्यक्ता छ ।’

प्रवक्ता शर्माका अनुसार अन्तरक्रिया कार्यक्रमको संयोजन राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष डा. नारायण दत्त कंडेलले गर्नुभएको थियो । अन्तरक्रियामा हेम्मसायर पुलिसका सल्लाहकार, लेखक एवं नेता शिवजी श्रेष्ठ, सामाजिक अभियन्ता एवं नेता केशव भण्डारी, युरोप उप–संयोजक दयानिधी सापकोटा, पूर्व मानार्थ सदस्य एवं नेता रणबहादुर क्षेत्री, केन्द्रिय सदस्य महेश अधिकारी, नेपाली बिर्टीस लयर्स एशोसिएशनका अध्यक्ष दीपक भट्टराईलगायत स्थानिय अभियन्ताहरुले आ–आफ्नो भनाइ राख्नु भएको थियो ।

प्रकाशित समय : १४:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु