nmb bank

गृहपृष्ठ उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातकाे सम्भावना

उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातकाे सम्भावना

उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातकाे सम्भावना

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल प्रदेश नं. १ का पहाडी भू-भागमा आंशिक बदली तथा तराईका धेरै स्थानहरुमा हुस्सु र कुहिरो लागिरहेको अवस्था छ ।

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएका छ ।

यस्तै, आज राती देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित समय : ०६:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु