काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

साफ यू-२० महिला च्याम्पियनसिप : अमिषाको ह्याट्रिकमा नेपालको पहिलाे जित

8.84K
shares

बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिप फुटबलमा नेपालले भुटानलाई ४-० गोल अन्तरले पराजित गरेकाे छ । ढाकास्थित वीर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा आइतबार नेपालले पहिलो जित दर्ता गरेको हाे ।

खेलको १९औं मिनेटमा अमिषा कार्कीले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाइन् । पहिलो हाफको इन्जुरी समयमा अमिषाले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई २-० को अग्रता दिलाइन् । खेलको ६१औं मिनेटमा कप्तान प्रिती राईले गोल गर्दा नेपाल ३-० ले अघि रह्यो । त्यसपछि खेलको ६२औं मिनेटमा अमिषाले ह्याट्रिक पूरा गर्दा नेपाल ४-० ले विजयी भयो ।

भुटानको यो लगातार दोस्रो हार हो । भुटान पहिलो खेलमा भारतसँग १२-० ले पराजित भएको थियो । पहिलो खेलमा नेपाल आयोजक बंगलादेशसँग ३-१ गोल अन्तरले पराजित भएको थियो ।

प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।

अब नेपालले अन्तिम खेलमा मंगलबार भारतसँग खेल्नेछ ।