गृहपृष्ठ क्यानविरुद्ध प्रदर्शन
क्यानविरुद्ध प्रदर्शन

नेपाल क्रिकेट संघ (क्यान) विरुद्ध शनिबार माइतीघरमा प्रदर्शन भएकाे छ ।
बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा सामेल गरेको, नेपाल टी-ट्वान्टी लिगमा फिक्सिङ गरेको भन्दै क्रिकेट समर्थकहरुले विराेध प्रदर्शन गरेका हुन् ।
सन्दीपको बलात्कार मुद्दा अदालतमा विचाराधीन अवस्थामा रहेको बेला क्यानले उनीमाथिको निलम्बन फुकुवा गर्दै प्रशिक्षणमा सामेल गराएकाे छ । सन्दीप शुक्रबारबाट नेपाली टोलीको बन्द प्रशिक्षणमा समेत सामेल भइसकेका छन् ।
क्यानको निर्णयविरुद्ध समर्थकहरूले सामाजिक सञ्जालमा ‘बाइकट क्यान’ अभियान समेत चलाएका छन् ।
प्रकाशित समय : १४:४५ बजे