nmb bank

गृहपृष्ठ माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

सत्तारुढ दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिडाँडामा बैठक सुरु भएको हाे ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र गृहमन्त्रालयका विषयमा छलफल हुने छ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालयका लागि प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आजसम्मको समय दिएको छ ।

आजको बैठक सोही विषयमा केन्द्रित रहने बताइएको छ । यसका साथै माओवादीले नेताहरुको जिम्मेवारी बाँडफाँटको विषयमा पनि छलफल आजकै बैठकमा गर्ने बताएको छ ।

प्रकाशित समय : १४:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु