गृहपृष्ठ इन्टरनेट सेवा प्रदायक संघको अध्यक्षमा सुधिर पराजुली

इन्टरनेट सेवा प्रदायक संघको अध्यक्षमा सुधिर पराजुली

इन्टरनेट सेवा प्रदायक संघको अध्यक्षमा सुधिर पराजुली

इन्टरनेट सेवा प्रदायक संघको अध्यक्षमा सुधिर पराजुली चयन भएका छन् ।

संघको २२औं साधारण सभाबाट पराजुलीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो । समितिको उपाध्यक्षमा मनोज अग्रवाल, महासचिव नविन कुमार श्रेष्ठ, कोषाध्यक्ष पुष्कर बडाल र सचिव सुरेन क्षेत्री चयन भएका छन् ।

कार्यकारी सदस्यहरुमा कमल बास्तोला, सुदिप आचार्य, मधु अमात्य, सुजन थापा रहेका छन् । साधारण सभाले विनय बोहरा, विनय साउद र प्रमेश खरेललाई सल्लाहकार चयन गरेको छ ।संघको प्रमुख कार्यकारी अधिकृत (सदस्य सचिव) सुभास खड्का रहेका छन् ।

यस्तै, फंक्सनल कमिटी सदस्यहरुमा बृजेश पालिखे, रमेश काफ्ले र आशिष श्रेष्ठ चयन भएका छन् । नवनिर्वाचित कार्यसमितिको शपथ ग्रहण सोमबार नै गरिएको संघले जनाएको छ ।

संघले इन्टरनेट सेवा प्रदायकहरुका समस्याहरुलाई एक एक गरी समाधान गर्ने, नेपाल सरकारलाई समस्या समाधान गर्न ध्यानाकर्षण गर्दै दबाब दिने र गुणस्तरीय सेवा दिँदै इन्टरनेट क्षेत्रको विकास गर्ने लगायतका लक्ष्य लिएको छ ।

प्रकाशित समय : ०८:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु