global ime bank Long Banner Ad

गृहपृष्ठ पाकिस्तानको मस्जिदमा आक्रमण: ५९ जनाको मृत्यु, १५७ भन्दा बढी घाइते

पाकिस्तानको मस्जिदमा आक्रमण: ५९ जनाको मृत्यु, १५७ भन्दा बढी घाइते

पाकिस्तानको मस्जिदमा आक्रमण: ५९ जनाको मृत्यु, १५७ भन्दा बढी घाइते

पाकिस्तानको एक मस्जिदमा साेमबार दिउँसाे भएकाे आक्रमणमा कम्तीमा ५९ जनाको मृत्यु भएको छ ।

त्यहाँकाे पेशावर शहरमा भएकाे विस्फोटमा परेर कम्तीमा ५९ जनाको मृत्यु भएको छ भने १५७ भन्दा बढी मानिस घाइते भएकाे अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् । घटनास्थलमा तीन सयदेखि चार सयको बीचमा प्रहरी रहेकाले प्रहरीलक्षित आक्रमण भएको हुनसक्ने अनुमान गरिएकाे छ ।

अहिलेसम्म आक्रमणको कसैले पनि जिम्मेवारी लिएको छैन । तर पाकिस्तानी तालिवानले आक्रमण गरेको आशंका गरिएको छ । घटनाको विरोध गर्दै प्रधानमन्त्री शहबाज शरीफले आक्रमणकारीले देशको सुरक्षाकर्मीमाथि आक्रमण गरेर डरलाग्दो माहौल सिर्जना गर्न खोजेको दाबी गरेका छन् । ‘आक्रमणकाे इस्लामसँग कुनै सम्बन्ध छैन । आतंकवादकाे खतराविरुद्ध सम्पूर्ण राष्ट्र एकजुट छ,’ उनले भने ।

प्रकाशित समय : ०७:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु