गृहपृष्ठ रियलमीले विश्वमै पहिलोपटक २४० वाटको चार्जिब प्रविधि ल्याउँदै
रियलमीले विश्वमै पहिलोपटक २४० वाटको चार्जिब प्रविधि ल्याउँदै
विश्वसनीय टेक्नोलोजी ब्रान्ड रियलमीले विश्वमै पहिलोपल्ट २४० वाटको चार्जिब सपोर्ट हुने प्रविधि ल्याउने जनाएको छ । रियलमीले आफ्नो आउँदो फ्लागशिप स्मार्टफोनमा यो प्रविधि ल्याउन लागेको हो । यो सँगै रियलमी विश्व मोबाइल उद्योगमै सबैभन्दा बढी पावरको चार्जिब टेक्नोलोजी प्रदान गर्ने स्मार्टफोन ब्रान्ड हुने भएको जनाएको छ ।
कटिब एज चार्जिब सोलुसन युक्त यो नयाँ प्रविधिले फोनलाई सुरक्षित र छरितो तरिकाले चार्ज गर्छ, जसले उपभोक्ताहरुलाई राम्रो अनुभव प्रदान गर्ने जनाएको छ । ९८.७% को अत्यधिक उच्च पावर कन्भर्सन रेट भएको यस २४० वाटको इनोभेटिभ चार्जिब आर्किटेक्चरले लो भोल्टेजमा नै सुरक्षित तरिकाले चार्ज गर्न सक्ने बताइएको छ ।
रियलमीले संसारमै पहिलोपल्ट १२ एम्पियरको चार्जिब केबल पनि ल्याउँदै छ जुन मोबाइल उद्योगमै अहिलेसम्मको सबैभन्दा राम्रो र उच्च स्ट्यान्डर्डको हो ।
प्रकाशित समय : १५:०९ बजे



















