गृहपृष्ठ मृत्युअघि राज्यमन्त्री डा. तोसिमासँग प्रेमप्रसाद आचार्यले गरेको सवालजवाफ

मृत्युअघि राज्यमन्त्री डा. तोसिमासँग प्रेमप्रसाद आचार्यले गरेको सवालजवाफ

मृत्युअघि राज्यमन्त्री डा. तोसिमासँग प्रेमप्रसाद आचार्यले गरेको सवालजवाफ

मंगलबार मध्याह्न बानेश्वरको संघीय संसद् भवन अगाडि एक जना व्यक्तिले आफैंलाई आगो लगाए । प्रधानमन्त्री पुष्पमकल दाहाल ‘प्रचण्ड’ संसद् भवनबाट निस्किएलगत्तै उनले मुल सडकमा आफैंलाई आगो लगाए ।

प्रहरीले तत्काल उद्दार गरेर उनलाई कीर्तिपुर अस्पतालको बर्न बार्डमा पुर्‍याए । उनी थिए इलामको सूर्योदय नगरपालिका–११, फिक्कलका प्रेमप्रसाद आचार्य ।

आफ्नो आत्मवृत्तान्त र असफलताको कथा भन्दै लेखेको लामो स्ट्याटसमा स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीलाई पनि सम्बोधन गरेका थिए ।

‘देश चलाउने हुटहुटीमा सत्तामा पुगेका नयाँ पार्टी तथा नयाँ सांसद् रवि लामिछाने, राजेन्द्र लिङ्देन, ज्ञानेन्द्र शाही, सोविता गौतम, गगन थापा, विश्वप्रकाश शर्मा, योगश भट्टराई, तोसिमा कार्की लगायत तमाम नयाँ अनुहारहरुलाई विन्ती, सरकार बनाउने, मन्त्री हुने मात्र प्रतिष्पर्धा होइन, कसैले नदेखेको तर जनतालाई पिल्साएको मुद्दाहरु आँखा च्यातेर केलाउनुस्, समाधान गर्नुस्’, उनले भनेका छन् ।

हाल स्वास्थ्य राज्यमन्त्री समेत रहेकी कार्की उनको स्ट्याटस पढेलगत्तै मंगलबार बेलुकी कीर्तिपुर अस्पताल पुगेकी थिइन् ।

प्रस्तुत छ, डा. तोसिमा अस्पतालमा पुग्दा आचार्यसँग भएको सवालजवाफकाे संक्षिप्त अंश:

डा. तोसिमा : प्रेम दाई, म आएको छु है, डाक्टर तोसिमा कार्की ।

आचार्यः मैले चिनेँ ।

डा. तोसिमा : अनि किन यस्तो गुर्न भएको छ तपाईंले ? मेरो नाम पनि लेख्नु भएको रहेछ !

आचार्य : मैले लेखेको छु, हजुरलाई पनि सम्बोधन गरेको छु । मैले सबै भोगाइहरु लेखेको छु । उद्यम गर्न खोजे । प्रगति गर्न खोजेँ । ट्याक्सको कुराहरु हेर्नुस् ।

डा. तोसिमा : मैले पूरा पढेँ तपाईंको स्ट्याटस, हेर्नुस् त तपाईंले के गर्नु भएको यस्तो । हामी थियौं नि ! राज्य छ नि तपाईंहरुका लागि !

आचार्य : कसैले सुन्दैन । योभन्दा भएको कसैले सुन्दैन ।

डा. तोसिमा : हाम्रो नयाँ सरकार बनेको थियो, आउनु पथ्र्यौ । केही न केही उपाय खोज्थ्यौं ।

त्यसपछि उनले ‘रवि सरलाई पनि भन्दिनुस्’ भन्छन् । त्यसपछि आचार्यले बोलेको प्रष्ट बुझिँदैन ।

प्रकाशित समय : ११:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु