nmb bank

गृहपृष्ठ ‘बोतल र जर्किनमा पेट्रोल बेचे कारबाही हुन्छ’

‘बोतल र जर्किनमा पेट्रोल बेचे कारबाही हुन्छ’

‘बोतल र जर्किनमा पेट्रोल बेचे कारबाही हुन्छ’

बोतल र जर्किनमा पेट्रोलियम पदार्थ बिक्री वितरण नगर्न प्रहरीले अपिल गरेको छ ।

पछिल्लो समय खुला रुपमा पेट्रोलियम पदार्थ बिक्री वितरण भएको पाइएको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंले कारबाहीको चेतावनीसमेत दिएको छ ।

संघीय संसद् भवनअगाडि मंगलबार दिउँसो आफैंलाई आगो लगाएर प्रेमप्रसाद आचार्यको मृत्यु भएको छ । १८ मंसिरमा बुद्धनगरकी पुष्पा न्यौपानेले पनि आफैंलाई पेट्रोल छर्किएर आत्मदह गरेकी थिइन् । हालै सिभिल मल अगाडि पनि एक युवकले आफैंलाई जलाएका थिए ।

यस्ता घटना बढिरहेका बेला प्रहरीले सार्वजनिक सूचना जारी गर्दै पेट्रोल पम्पहरूबाट खुल्ला रूपमा बोतल, जर्किनलगायतका भाँडोमा पेट्रोलियम पदार्थको बिक्री वितरण भएकोबारे ध्यानाकर्षण भएको बताएको हो ।

आगलागी, मानवीय र भौतिक क्षतिका साथै सुरक्षा संवेदनशील हुने भएकोले खुला रुपमा बिक्री वितरण नगर्न प्रहरीले सचेत गराएको छ । यदि बिक्री गरेको पाइएमा कारबाही गर्ने चेतावनी प्रहरीले दिएको छ ।

‘सुरक्षा संवेदनशीलताको सूचना विपरीत पेट्रोलियम पदार्थको बिक्री वितरण गरिएको पाइएमा प्रचलित कानून बमोजिम हदैसम्मको कानूनी कारबाही हुने समेत सम्पूर्णमा जानकारी गिरएको छ’, सूचनामा उल्लेख छ ।

अति प्रज्वलनशील पेट्रोलियम पदार्थलाई खुला रुपमा बिक्री गर्दा असुरक्षित ओसारपसार गर्दा र घर, पसलमा भण्डारण गर्दा आगलागी हुने र मानवीय एवंम भौतिक क्षतिसमेत हुने भएकोले यो सुरक्षा संवेदनशील विषय भएकोको प्रहरीको भनाइ छ ।

प्रकाशित समय : १०:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु