गृहपृष्ठ रवि लामिछानेको मुद्धामा आज अन्तिम सुनुवाइ

रवि लामिछानेको मुद्धामा आज अन्तिम सुनुवाइ

रवि लामिछानेको मुद्धामा आज अन्तिम सुनुवाइ

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सांसद बन्ने योग्यतामाथि परेको मुद्दामा संवैधानिक इजलासमा आज अन्तिम सुनुवाइ सुरू हुँदै छ ।

यो विवाद निरुपणका क्रममा सर्वोच्च अदालतले कि विदेशी नागरिकता परित्याग गर्नासाथ नेपालीहरुको नागरिकता स्वतः कायम हुने व्याख्या गर्नेछ, नभए नयाँ प्रक्रियाबाट नागरिकता लिनुपर्ने आदेश दिनासाथ लामिछानेको मन्त्री र सांसद दुवै पद जानेछ ।

लामिछानेले अमेरिकाको नागरिकता लिँदा नेपाली नागरिकता कायम रहेको वा नरहेको र उनले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिन फेरि आवेदन दिनुपर्ने थियो वा थिएन भन्ने विवाद सर्वोच्चको संवैधानिक इजलासमा विचाराधीन छ ।

अमेरिका हुँदा त्यहाँको नागरिकता लिएका लामिछाने नेपाल आएर सञ्चारकर्म गरिरहँदा विवाद भएपछि त्यहाँको नागरिकता त्यागेका थिए । अमेरिकाको नागरिकता त्यागेपछि नेपालको नागरिकता फेरि कायम गर्ने प्रक्रिया पूरा नगरेको भनी उनको सांसद पद खारेज हुनुपर्ने मागदावी सहितको सर्वोच्च अदालतमा मुद्दा परेको थियो ।

प्रकाशित समय : ०८:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु