गृहपृष्ठ सूर्यज्योति लाइफ इन्स्योरेन्सको सेल्स कन्भेन्सन सम्पन्न

सूर्यज्योति लाइफ इन्स्योरेन्सको सेल्स कन्भेन्सन सम्पन्न

सूर्यज्योति लाइफ इन्स्योरेन्सको सेल्स कन्भेन्सन सम्पन्न

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले सेल्स कन्भेन्सन कार्यक्रम सम्पन्न गरेको छ ।

देशभरका जोनल हेड ,प्रोभिन्स हेड ,रिजनल म्यानेजर, शाखा प्रबन्धक, सेल्स एक्जुकेटिव र कार्यालय सञ्चालनमा सहयोग पुर्याएका करिब ३०० जना कर्मचारीहरुको उपस्थितिमा प्राविधिक तथा बजार व्यवस्थापन कार्यक्षमता अभिबृद्धि तथा उत्प्रेरणामुलक तालिम चितवनको सौराहामा आयोजित सेल्स कन्भेन्सन कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सहित उच्च पदाधिकारीहरुको उपस्थितिमा आयोजित उक्त कार्यक्रममा कम्पनीका कर्पोरेट ट्रेनर रबिन कटुवालले व्यक्तित्व विकास र सेल्स सम्बन्धी विशेष ट्रेनिङ दिएका थिए ।

साथै कार्यक्रममा व्यवसायिक लक्ष्य हासिल गर्नुका साथै कार्यालय सन्चालनमा उत्कृस्ट योग्दान पुर्याउने कर्मचारीहरुलाई कम्पनिका प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्रीले सम्मान गरेका थिए ।

कार्यक्रममा ३ जना जोनल हेड ३ जना प्रोभिन्स हेड, ५ जना रिजनल म्यानेजर १० जना शाखा प्रमुख, १२ जना कार्यलय सन्चालनमा सहयोग पुर्याउने कर्मचारी तथा १५ जना सेल्स एक्जुकेटिभ गरी ४८ जना उत्कृस्ट कर्मचारीलाई सम्मान गरिएको थियो ।

यस सूर्यज्योति लाइफ इन्स्योरेन्सको पहिलो भब्य सेल्स कन्भेन्सनबाट कर्मचारीहरुले कम्पनीको हालको अवस्था,कम्पनीको आगामी बजार विस्तार योजना र रणनीति सम्बन्धी बृहत ज्ञान हसिल गर्नुका साथै यस किसिमका सिप तथा प्रविधिमैत्री तालिमबाट कर्मचारीहरु उत्साहित र थप उर्जावान भएको कुरा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्रीले बताए ।

कर्मचारीको दक्षता अभिवृद्धि गर्नु नै कम्पनीको प्रमुख लक्ष्य रहेको र आगामी दिनहरुमा पनि बिभिन्न तालिम तथा सिपमूलक कार्यक्रम आयोजना गर्दै जाने प्रतिबद्धता कम्पनीका प्रमुख कार्यकारी अधिकृत खत्रीले बताए ।

प्रकाशित समय : १९:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु