गृहपृष्ठ राष्ट्रपतिमा कांग्रेसले उम्मेदवारी दिने

राष्ट्रपतिमा कांग्रेसले उम्मेदवारी दिने

राष्ट्रपतिमा कांग्रेसले उम्मेदवारी दिने

नेपाली कांग्रेसले राष्ट्रपति निर्वाचनमा उम्मेदवारी उठाउने निर्णय गरेको छ । धुम्वाराहीस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको पार्टी पदाधिकारीको बैठकले आगमी राष्ट्रपतिमा पार्टीको तर्फवाट उम्मेदवारी दर्ता गराउने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।

उनका अनुसार राष्ट्रपति निर्वाचनका लागि सकेसम्म चाँडै निर्णय लिनका लागि दबाब दिने निर्णय समेत गरेको छ । आफनो पार्टीका उम्मेदवारलाई मत दिनका लागि कांग्रेसले अन्य राजनीतिक दलसँग पनि छलफल गर्नेछ ।

प्रकाशित समय : १२:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु