गृहपृष्ठ प्रि-ओपन सेसनमा नेप्से करिब ६ अंकले वृद्धि
प्रि-ओपन सेसनमा नेप्से करिब ६ अंकले वृद्धि

प्रि-ओपन सेसनमा सोमबार नेप्से सूचक ५ दशमलव ९६ अंकले वृद्धि भई २१८४ दशमलव ७७ विन्दुमा आएको छ । यससँगै २९ कम्पनीको ७ हजार ६९८ कित्ता सेयर खरिदबिक्री हुँदा २८ लाख बढीकोे सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल १७ कम्पनीमा उकालो लागेको छ भने ९ कम्पनी घटेको छ । ३ कम्पनी स्थिर छ ।यता, १३ उपसूचकहरुमध्ये ४ कम्पनीमा सामान्य वृद्धि भएको छ भने २ कम्पनीको घटेको छ । बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन ।
प्रकाशित समय : ११:४९ बजे