गृहपृष्ठ रोनाल्डोले डेब्यु गरेको खेलमा नसरको संघर्षपूर्ण जित

रोनाल्डोले डेब्यु गरेको खेलमा नसरको संघर्षपूर्ण जित

रोनाल्डोले डेब्यु गरेको खेलमा नसरको संघर्षपूर्ण जित

साउदी अरेबियाको अल नसरमा अनुबन्धन भएको ४ सातामा पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले डेब्यु गरेका छन् ।

साउदीको प्रो-लिगमा आइतबार रोनाल्डोको डेब्युमा अल नासरले इतिफाकमाथि १-० को संघर्षपूर्ण जित निकालेको छ । रोनाल्डोले लिगमा डेब्यु गरे पनि डेब्यु गोल गर्न भने असफल रहे । अल नासरका लागि टालिस्काले खेलको ३१औं मिनेटमा गरेको गोल निर्णायक बनेको थियो ।

जितपछि असरको १४ खेलबाट ३३ अंक भएको छ । अल नसर साउदी प्रो-लिगको शीर्ष स्थानमा रहेको छ । अंक तालिकामा दोस्रो स्थानको अल हिलालभन्दा १ अंकको अग्रता बनाउन अल नसर सफल भएको छ ।

३७ वर्षीय रोनाल्डोले अल नसरमा २०२५ सम्मका लागि वार्षिक १७७ मिलियन पाउन्डमा सम्झौता गरेका हुन् । रोनाल्डोले यसअघि म्यानचेस्टर युनाइटेड, युभेन्टस र रियल म्याड्रिडबाट व्यावसायिक फुटबल खेलिसकेका छन् । उनले साउदीमा बिहीबार पिएसजीविरुद्ध रियाद अल स्टार ११ को तर्फबाट २ गोल गरेका थिए ।

प्रकाशित समय : ०९:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु