गृहपृष्ठ माधवनारायणका व्रतालुहरूको पशुपति यात्रा (फोटोफिचर)

माधवनारायणका व्रतालुहरूको पशुपति यात्रा (फोटोफिचर)

माधवनारायणका व्रतालुहरूको पशुपति यात्रा (फोटोफिचर)

पुस शुक्ल पूर्णिमादेखि एक महिनासम्म माधवनारायणको व्रत गरेका व्रतालुहरु तीर्थ यात्रा गर्दै पशुपति क्षेत्रमा आइपुगेका छन् । ब्रतालुहरुले आज बिहान माघ कृष्ण औंसीको दिन पारेर पशुपतिनाथको दर्शन गरेका हुन् । आर्यघाटमा स्नानपछि पशुपतिमा पूजा आराधना गरी जयबागेश्वरीसम्म जल चढाउने विधि छ । व्रतालुले जयवागेश्वरीबाट सानो गौचरण गएर दिउँसोको भोजन गर्ने गर्छन् । माधवनारायण व्रतालुले एक महिनासम्म एक छाकमात्र भोजन गर्ने गर्छन् ।

सोमबार नै व्रतालुसहित माधव नारायण साँखुबाट बाहिरिएका हुन् । साँखुबाट बज्रयोगिनी मन्दिर पुगेर त्यहाँबाट माधव नारायणलाई पशुपति पुर्‍याइएको थियो । साँखुमा एक महिना लामो व्रत बसिरहेका व्रतालुहरु माधवनारायणसँगै पैदल हिँडेर पशुपति पुगेका थिए । आजै पशुपतिबाट माधवनारायणलाई फर्पिङ लगिएको छ ।

प्रकाशित समय : १३:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु