काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बिग मार्टमा स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा १५ प्रतिशत छुट

7.9K
shares

विद्युतीय कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ स्मार्ट क्यूआरले बिग मार्टसँग सहकार्य गरेकाे छ । यस सहकार्यअन्तर्गत हरेक बुधबार र शनिबार तरकारी तथा फलफूल खरिदमा स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा ग्राहकले छुट प्राप्त गर्नेछ ।

यस छुट अफरअन्तर्गत ग्राहकहरुले तरकारी तथा फलफूल खरिद गरी स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम १ सय ५० रूपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् । स्मार्ट क्यूआरमा आवद्ध विभिन्न बैंक तथा वित्तीय संस्थाका ग्राहकहरुले बिग मार्टको सम्पूर्ण शाखामा क्यूआर स्क्यान गरी भुक्तानी छुट प्राप्त गर्न सक्नेछन् ।

यस अफरअन्तर्गत बिग मार्टको सम्पूर्ण शाखामा एनआइसी एशिया मो बैंक, ग्लोबल स्मार्ट प्लस, आइएमई पे, खल्ती, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आइ क्यास, क्यू पे तथा विभिन्न सहकारीका एपमार्फत पनि भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ ।