पोखरा विमान दुर्घटनामा ६२ जनाको निधन भएको पुष्टि
वि.सं.२०७९ माघ १ आइतवार १८:३४
shares

यति एयरलाइन्सको दुर्घटनामा अहिलेसम्म ६२ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
कास्कीका प्रहरी प्रमुख अजय केसीका अनुसार अहिलेसम्म ६२ जनाको शव निकालिएको छ । उनका अनुसार दुर्घटनास्थलवाट निकालिएका शवलाई अस्पतालमा राखिएको छ । अन्यको खोजी जारी रहेको उनले जानकारी दिएका छन । मृतकको सनाखत कार्य भइरहेको छ ।























