काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

पेरुमा आपतकालको घोषणा

7.31K
shares

पेरुको सरकारले हालैका हप्ताहरूमा कम्तीमा ४२ जनाको ज्यान लिने राष्ट्रपति डिना बोल्वार्टेविरुद्धको प्रदर्शनका कारण राजधानी लिमा र अन्य तीन क्षेत्रहरूमा आपतकालिन अवस्थाको घोषणा गरेको छ ।

तीस दिनको लागि लागू हुने गरी सेनालाई व्यवस्था कायम राख्न हस्तक्षेप गर्न अधिकार दिइएको छ । आन्दोलन र भेलाको स्वतन्त्रता जस्ता धेरै संवैधानिक अधिकारहरू निलम्बन गरेको प्रकाशित एक आदेश जनाइएको छ ।

अपदस्थ राष्ट्रपति पेड्रो कास्टिलोका समर्थकहरुले डिसेम्बरदेखि दक्षिण अमेरिकी देशभर सडकमा र्‍याली र नाकाबन्दी गरेका छन्, नयाँ चुनाव र बोलुआर्टेलाई हटाउन माग गर्दै आन्दोलन जारी राखेका छन् । ‘मेरो प्रतिबद्धता पेरूसँग छ’ शुक्रबार राति उनले टेलिभिजन सम्बोधन गर्दै राजीनामा दिन अस्वीकार गरेका छन् । आपतकालिन अवस्थाले लिमा, कस्को र पुनोका क्षेत्रहरू, साथै राजधानीको छेउमा रहेको कालाओ बन्दरगाहलाई समेट्छ ।

पेरुमा शनिबार विरोधीहरु १०० भन्दा बढी सडक अवरोध गरेका थिए । लिमावरपर क्षेत्र मुख्यतया अशान्तिको केन्द्रबिन्दु भएको छ । दक्षिणी पेरुको प्रख्यात माचुपिचु साइटको प्रवेशद्वार कुस्कोको एयरपोर्ट, विरोध प्रदर्शनको कारण बन्द भएपछि शनिबार फेरि खुल्ला भएको छ ।

प्रदर्शनकारीहरूले यातायातमा पुग्ने प्रयास गरेपछि अधिकारीहरुले बिहीबार देशको दोस्रो सबैभन्दा ठूलो हवाई यातायात ह्यान्डल गर्ने एयरपोर्टमा रोकथाम उपायको रूपमा सञ्चालन निलम्बन गरेका छन् ।