मुक्तिनाथ विकास बैंकले पारित गर्यो १४.२१ प्रतिशत लाभांश
वि.सं.२०७९ माघ १ आइतवार १३:५९
shares

मुक्तिनाथ विकास बैंकले शनिबार १५औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
सभाले आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट सेयरधनीहरूलाई १४.२१ प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । उक्त लाभांशमध्ये १३.०५ प्रतिशत बोनस सेयर रहने छ भने बाँकी कर प्रयोजनको लागि नगद लाभांश रहेको छ ।
उक्त साधारण सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरु समेत पारित भएका छन् ।
बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसामा आवद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट नगद झिक्दा शुल्क नलाग्ने व्यवस्था गरेको छ ।

























