मुक्तिनाथ विकास बैंकद्वारा बाल अस्पताल निर्माणका लागि ५ लाख सहयोग
वि.सं.२०७९ पुस २४ आइतवार १३:५३
shares

मुक्तिनाथ विकास बैंकले काठमाडाैं इन्टिच्युट अफ चाइल्ड हेल्थलाई ५ लाख रुपैयाँ सहयाेग गर्ने भएकाे छ ।
डा. भगवान कोइरालाको अध्यक्षतामा सञ्चालित उक्त गैर नाफामुलक संस्थालाई बैंकले आफ्नाे १७औं वार्षिकाेत्सवकाे अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत सहयाेग गर्ने निर्णय गरेकाे हाे । उक्त सहयाेग सम्झाैतामा बैंकका अध्यक्ष भरत राज ढकाल र संस्थाको तर्फबाट प्रोफेसर डा. भगवान कोरालाले हस्ताक्षर गरेका छन् । साे सम्झौताअनुसार बैंकले झापाकाे दमकस्थित निर्माणाधिन बालअस्पतालका लागि ५ लाख सहयोग गर्नेछ ।
बैंकले गरेको यस सहयोगबाट बालबालिकाको स्वस्थ्य उपचारमा आवश्यक पर्ने पूर्वाधार बन्ने तथा उपचारमा सहजता हुने विश्वास लिएको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बताए ।
बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमामा आवद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट नि:शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

























