काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

काठमाडौं आइपुगे नयाँ चिनियाँ राजदूत

सदियौं पुरानो सम्बन्धलाई उचाइमा पुर्‍याउन भूमिका खेल्ने दाबी

6.72K
shares

नेपालका लागि नयाँ चिनियाँ राजदूत चेन सोङ्ग काठमाडौं आइपुगेका छन् । आइतबार काठमाडौं आइपुगेका चेन, नेपालका लागि २२ औं चिनियाँ राजदूत हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान पत्रकार सम्मेलन गर्दै नेपाल र चीनबीचको सदियौं पुरानो सम्बन्धलाई उचाइमा पुर्‍याउन भूमिका खेल्ने चेनले बताए ।

सबैसँग नजिक भएर काम गर्न चाहेको र नेपालको विकास, समृद्धि र चिरस्थायी मित्रतामा सहयोग गर्ने उनको दाबी छ ।

यसअघिकी राजदूत होउ यान्छी कार्यकाल पूरा गरी स्वदेश फर्किएपछि चीनले चेनलाई नयाँ राजदूतको रुपमा नियुक्त गरेको थियो ।