भिभो ‘भी२३ई’ र ‘वाई५३एस’को मूल्य घट्यो
वि.सं.२०७९ पुस २४ आइतवार १३:१८
shares

भिभोले भी सिरिज र वाई सिरिजका स्मार्टफोनहरू भी२३ई र वाई५३एस मा भारी मात्रामा मूल्य घटाएको छ ।
भी२३ई को दुवै संस्करणमा पाँच हजार रुपैयाँले मूल्य घटाएर अब भी२३ई ८जीबी+१२८ जीबीको मूल्य ३६ हजार ९९९ र भी२३ई ८ जीबी+२५६ जीबी संस्करणको मूल्य ४१ हजार ९९९ रुपैयाँ बनाएको छ ।
त्यस्तै वाई५३एस को मूल्य ४ हजारले घटाएर ३० हजार ९९९ रुपैयाँ बनाएको छ । यो नयाँ मूल्य यही जनवरी १ देखि जनवरी ३१ सम्म भिभोका सबै रिटेल स्टोरहरू र इ-कमर्स वेबसाइटहरूमा लागू हुनेछ ।
भिभो नेपालका सीईओ माइकलले भने, ‘भिभोमा, हामी सधैं हाम्रा ग्राहकहरूको जीवनलाई समृद्ध बनाउन र उनीहरूका लागि हाम्रा उत्पादनहरू थप पहुँचयोग्य बनाउने तरिकाहरू खोजिरहेका हुन्छौं । भी२३ई र वाई५३एस मा मूल्य घटेको घोषणाद्वारा हामी हाम्रा ग्राहकहरूका लागि यो प्रतिबद्धता पूरा गर्ने आशा गर्दछौं । यी दुवै लोकप्रिय स्मार्टफोनहरूमा उत्कृष्ट क्यामेराहरू छन् । जसले प्रयोगकर्ताहरूलाई आफ्ना सबै विशेष क्षणहरू खिच्न मद्दत गर्दछ । हामी भिभोमा हाम्रा उत्पादनहरूद्वारा प्रयोगकर्ताहरूको जीवनमा सुधार ल्याउन निरन्तर प्रयासरत छौं ।’
भिभो भी२३ई मा ५०एमपी अटोफोकस पोट्र्रेट सेल्फी विशेषता छ जसमा एआई एक्स्ट्रिम नाइट पोट्र्रेट र मल्टी-स्टाइल पोट्र्रेटजस्ता विभिन्न पोट्र्रेट मोड छन् । भी२३ई को रियर क्यामेराहरूमा ६४एमपी नाइट क्यामेरा, ८एमपी सुपर वाइड-एंगल क्यामेरा, र २एमपी म्याक्रो क्यामेरा समावेश भएको ट्रिपल क्यामेरा सेटअप छ ।
यसको सुपर नाइट मोडले कम उज्यालो अवस्थाहरूमा एआई मल्टिपल फ्रेम डिनोइजिङको सहायताले कम प्रकाश अवस्था, ब्राइटनेशको सन्तुलन र अँध्यारोमा उत्कृष्ट प्रदर्शन गर्दछ । यसमा ८जीबी र्याम छ र रोममा दुई विकल्पहरू- १२८जीबी र २५६जीबी छन् । यसको रोमलाई विस्तार गर्न पनि सकिन्छ । यसबाहेक, भी२३ई मा ४०५०एमएएच ब्याट्री र ४४ वाट फ्ल्यासचार्ज छ । यसमा फेनटच ओएस१२ छ ।
वाई५३एस ६४एमपी रियर क्यामेरा, २एमपी बोकेह पोट्र्रेट क्यामेरा, र २एमपी सुपर म्याक्रो क्यामेराले सुसज्जित छ, जसले यसलाई कुनै पनि सेटिङमा र विभिन्न प्रकाश अवस्थाहरूमा उच्च रिजोल्युसन फोटो खिच्नका लागि उपयुक्त बनाउँछ । यसमा ५०००एमएएच ब्याट्री, ३३वाट फ्ल्यास चार्ज क्षमता र १ टीबीसम्म विस्तार गर्न सकिने इनबिल्ट ८जीबी र्याम र एक्सटेन्डेबल र्याम छ ।

























