global ime bank Long Banner Ad

गृहपृष्ठ प्रभु लाइफ इन्स्योरेन्सद्वारा २० लाख रुपैयाँ दाबी भुक्तानी

प्रभु लाइफ इन्स्योरेन्सद्वारा २० लाख रुपैयाँ दाबी भुक्तानी

प्रभु लाइफ इन्स्योरेन्सद्वारा २० लाख रुपैयाँ दाबी भुक्तानी

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले बीमित परिवारलाई दाबी भुक्तानी गरेको छ । २०७८ पुस २८ गते प्रभु लाइफमा २० लाख बिमांक रकमको जीवन बिमा गरेका गणेश विश्वकर्माको यही असोज २८ गते मृत्यु भएको थियो ।

पहिलो प्रिमियमस्वरुप १ लाख ३६ हजार ६५४ रकम मात्र बिमा शुल्क बुझाएका उनको दोस्रो किस्ता रकम (बिमा शुल्क) बुझाउने समयअगावै मृत्यु भएको थियो । प्रभु लाइफले बीमित स्वर्गीय गणेश विश्वकर्माका श्रीमती सन्तमाया मगर र निजका बुबा धन बहादुर मगरलाई धरान शाखा कार्यालयमा एक कार्यक्रमका बीच २० लाख रूपैयाँकाे चेक हस्तान्तरण गरेको थियो । प्रभु लाइफका प्रदेश १ प्रमुख पुष्कर भट्टराई र धरान शाखा प्रमुख सन्तोष राईले संयुक्त रुपमा परिवारलाई सो चेक हस्तान्तरण गरेका थिए ।

प्रभु लाइफका प्रदेश १ प्रमुख पुष्कर भट्टराईले जीवन बिमालाई विश्वासनीय बनाउन दाबी भुक्तानीलाई सरल, सहज र चुस्त रुपमा गरिने कम्पनीको नीति रहेको प्रष्ट पारे । जीवन बिमाले बीमित परिवारलाई यस किसिमका अकल्पनिय घटनाबाट आइपर्ने आर्थिक जोखिम बहन गर्ने बताए । ‘बीमित परिवारलाई आफ्नो जीवनयापनमा केही मात्रामा सहजता आउने विश्वास लिएका छौं,’ प्रभु लाइफका प्रदेश १ प्रमुख भट्टराईले भने ।

दाबी भुक्तानी कार्यक्रममा धरान शाखामा कार्यरत सिनियर एजेन्सी मेनेजर, एजेन्सी मेनेजर, अभिकर्ता र स्थानीयहरुको सहभागिता रहेको थियो ।

प्रकाशित समय : १२:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु