global ime bank Long Banner Ad

गृहपृष्ठ कैलालीमा हाइस दुर्घटना

कैलालीमा हाइस दुर्घटना

एकको मृत्यु, १८ जना घाइते

कैलालीमा हाइस दुर्घटना

कैलालीमा शनिबार बिहान हाइस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कञ्चनपुरबाट लम्कीका लागि छुटेको सुप्र ०२००१ ज ४०६ नम्बरको हाइस कैलालीको गौरीगंगा नगरपालिका– ६ वनवेहडामा दुर्घटना भएको हो।

दुर्घटनामा परी कैलालीको लम्की–चुहा नगरपालीकाकी ७३ बर्षीया कर्मा प्याकुरेलको मृत्यु भएको छ। उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए ।

दुर्घटनामा परी थप १८ जना घाइते भएका छन् । घाइतेको पहिचान खुल्न बाँकी छ । हाईस अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रकाशित समय : १४:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु