काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नभ्याइने’मा

10.14K
shares

सन्दीप लामिछानेले आफूलाई थुनामा पठाउने आदेशविरुद्ध उच्च अदालत पाटनमा दिएको पुनरावेदनको बिहीबारको सुनुवाइ हेर्न नभ्याइनेमा परेको छ ।

जिल्ला अदालत काठमाडौंको पुर्पक्षका लागि थुनामा पठाउन आदेशविरुद्ध लामिछानेले दिएको पुनरावेदनमाथि बिहीबार सुनुवाइका लागि पेसी तोकिएको थियो । उच्च अदालत पाटनका न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको संयुक्त इजलासमा पेसी तोकिएको थियो ।

नाबालिका बलात्कारको अभियोगमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । तर, उक्त आदेश बेरितको रहेको जिकिर गर्दै लामिछानेले सो आदेश बदरको माग राखेर उच्च अदालत पाटनमा पुनरावेदन दिएका थिए ।